पल शाहले भने : व्यवहार मिलाउँदा प्रहरीकहाँ जान ढिला भयो (भिडियोसहित)

काठमाडौँ । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी नियान्त्रण्मा रहेका छन् । उनी आफै जाहेरी परेको जिल्ला तनहुँको प्रहरी कार्यालय पुगेसँगै उनलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।
उनले आफू अस्वास्थ्य भएकाले केही दिन ढिला भएको समेत बताएका छन् । ‘अहिले मेरो अवस्था ठिक छ, मैले सबै घर व्यवहार पनि मिलाउनु पर्ने थियो, म प्रहरीकहाँ गएपछि जे पनि हुने अवस्था थियो, त्यसैले केही दिन ढिला हुन पुग्यो,’ एक भिडिओ सन्देशमा उनले भने, ‘मैले गर्दा कतिलाई कठिन भएको होला, यसका लागि माफी माग्न चाहन्छु ।’
उनले आफूले कानुनलाई सघाउने बताउँलै आफूसँग भएका सबै प्रमाण पेश गर्ने बताए । उनले आफूलाई फसाइएको बताए । उनले भने, ‘पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याएको छ ।’
उनले आफूलाई आफू अभिनित फिल्म दर्शकसँग बसेर हेर्ने इच्छा भएको बताए । उनले अदालतले जुन निर्णय गर्ने भए पनि आफूले स्वीकार्ने बताएका छन् ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया