शनिबार, फागुन २३, २०८२

रिद्धिसिद्धि सिमेन्टले गर्यो ठेकेदार सम्मेलन

नयाँ वर्ष लक्षित उपहार योजना सार्वजनिक

मेरोन्यूज २०७८ फागुन १५ गते १८:३३

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ ठेकेदार सम्मेलन (कन्ट्याक्टर मिट)को आयोजना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिटको आयोजना गरेको छ । कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ ।

देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट सम्पन्न गरिसकेको यो कम्पनीले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही कन्ट्रयाक्टर मिटको आयोजना गरेको हो ।

निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा ५ सय भन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तरक्रियाका लागि सहभागिता जनाएका थिए ।

यसैबीच, रिद्धिसिद्धि सिमेन्टले नयाँ वर्ष २०७९ लक्षित उपहार योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले ठेकेदारवर्ग लक्षित हात खालि नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको हो ।

यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । यस उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् ।

साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया