चितुवाको छालासहित तीन पक्राउ
मेरोन्यूज
२०७८ फागुन १६ गते ६:३१
काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका ५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शंका लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया