बिहीबार, वैशाख २४, २०८३

निष्क्रिय पारियो संसद भवन अगाडीको शंकास्पद वस्तु

मेरोन्यूज २०७८ फागुन १६ गते १२:५८

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव लगायतका ६ राजनीतिक दलले एमसीसी संसदमा पारित भएको विरोधमा आजका लागि आह्रवान गरेको नेपाल वन्द निश्प्रभावी वन्दै जान थालेपछि विहान १० वजे पछि स नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकरमा शंकास्पद वस्तु भेटियो ।

Advertisement
NiccNicc

वीच सडककमा प्रेसर कुकरमा नो एमसीसी लेखिएको भेटिएपछि सुरक्षाकर्मीले उक्त स्थानलाई नियन्त्रणमा लिएको थियो । झण्डै ढेड घण्टा लामो प्रयासपछि सुरक्षाकर्मीको वम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तुलाई निष्किय पारेको छ । उक्त शंकास्पद वस्तु निष्किय पारेसागै त्यहाँको यातायात सुचारु गरिएको प्रहरीले जनाएकाो छ।

प्रेसर कुकरभित्र इटाको टुक्रा र कागजमात्र रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया