यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ ।

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया