बिजुक्छेलाई भेट्न विप्लव भक्तपुर पुगे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका थिए ।
भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछेल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छैनन् । विप्लव भने अहिले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन् । बुधबार बिहान मात्रै विप्लवले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास हरिसिद्धिमा भेटवार्ता गरेका थिए ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलन गर्नेै चेतावनी दिएका छन् । त्यसकै लागि साना कम्युनिस्ट पार्टीको समर्थन खोज्न विप्लव बिजुक्छेकहाँ पुगेका हुन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया