बुधबार, पुष १६, २०८२

नेपालमा थप १२७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

मेरोन्यूज २०७८ फागुन १८ गते १६:५९

काठमाडौं । नेपालमा बुधबार थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाकै अवधिमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित अहिलेसम्म ११ हजार ९४१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३२१ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर ७ हजार ७७० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया