बनिनसक्दै भरत तालमा पर्यटकको भिडभाड

सर्लाही । अन्तिम चरणको काम चलिरहेकै बेला समेत बागमतीको भरत ताल आउने पर्यटकको भिड लाग्न थालेको छ ।
तालको चारैतिर बढ्दै गरेका बिरुवा । पश्चिम किनारतर्फ सय बिगाह क्षेत्रमा हुर्कदै गरेको बगौँचा । तालको पश्चिम किनारमा अबिरल बगिरहेने बागमती नदी । उत्तरतर्फ फर्किएर हेर्दा देखिने चुरे श्रृंखला आन्तरिक पर्यटकको लागि लोभलाग्दो दृश्य हुन् ।
तालमा बिहानैदेखि मोटर बोट र मिनिक्रुजले पर्यटकलाई सयर गराइरहेका हुन्छन् ।
अन्य समयमा पर्यटकको सामान्य उपस्थिति रहे पनि सार्वजनिक बिदा, शनिवार र विभिन्न चाडबाडमा बोट सयर गर्नु भनेको निकै ठूलो उपलब्धि हुने गरेको छ । विभिन्न अवसरमा घुम्न आउने पर्यटकले ताल आसपासमा घुँईचो नै लाग्ने गरेको छ ।
यसरी ताल घुम्ने रहर पूरा गर्न धाएर पोखरासम्म पुग्नु पर्ने बाध्यता हटेको ताल भ्रमणमा आएका शंकर भण्डारीले बताए । भण्डारीले भने, ‘विकासको कुरा कतै भयो भने यस तालको नाम पहिले आउँछ । मत यहाँ दर्जन पटक आइसके । अझै पनि मन भरिएको छैन् ।’
तालमा भ्रमणका लागि ८० सिट क्षमताको एउटा मिनी क्रुज र दर्जनभन्दा बढी मोटर बोट संचालनमा छन् । एक सय २१ बिगाह क्षेत्रफलमा निर्माण भइरहेको तालको अझै आधा भाग बाँकी रहेको ताल प्रसासनले जनाएको छ । तालको बिचमा निर्माणधिन होटल र अन्य भौतिक संरचनाको निर्माण तीब्र गतीमा भइरहेको छ ।
ताल निर्माणको क्रममा तीनै तहको सरकारबाट झण्डै ६५ करोडभन्दा बढी लगानी भइसकेको नगरपालिका कार्यालयले जनाएको छ । नगरको गौरवको आयोजनाको रुपमा रहेको यस तालमा अझै निकै रकम लाग्ने नगरका मेयर भरतकुमार थापाले जानकारी दीए । तालको उत्तरतर्फ कैलाश पर्वतको आकार निर्माण गरेर शिवजीको स्ट्याचु राखिने उनले बताए ।
निर्माणकै चरणमा पर्यटकको मन जितेको यस तालले अझै पर्यटक लोभ्याउन सक्ने स्थानीयको भनाइ छ । नगरको आर्थिक उपार्जनमा समेत यसले ठुलो भूमिका खेल्ने नगरको अपेक्षा छ ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया