एमसीसी कार्यान्वयन हुन नदिने ८ दलको घोषणा

काठमाडौं । विप्लव नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन भए पनि कार्यान्वयन हुन नदिने घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य, मोहन विक्रम सिंह, सीपी गजुरेल, चित्रबहादुर केसी, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टी तथा मोर्चाले एमसीसी विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
विरोधकाबीच संसदबाट एमसीसी अनुमोदन गरिएको भन्दै उनीहरु फागुन २० गतेदेखि थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी संसदबाट अनुमोदन गरिए पनि कार्यान्वयन हुन नदिने घोषणा गरेका हुन् ।
यसअघि एमसीसी पारित हुन नदिन दबाब दिँदै आएकोमा अब पारित भए पनि कार्यान्वयन हुन नदिने उनीहरुको भनाइ छ ।
एमसीसी संसदमा पारित गरेजस्तो कार्यान्वयन गर्न सजिलो नहुने क्रान्तिकारी माओवादीका नेता परि थापा बताउँछन् । जनताको चाहना विपरित परियोजना अघि बढ्नै नसक्ने थापाले उल्लेख गरे । संसदमा सुरक्षा घेराभित्र बसेर पास गरेजस्तो कार्यान्वयन गर्न सजिलो नहुने उनले दाबी गरे । एमसीसी परियोजना आईपीएसकै अंग भएको उनको भनाइ थियो ।
यस्तै, विप्लव नेकपाका नेता खड्कबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमसीसी पारित भएको जिकिर गर्दै उनीजस्तो राष्ट्रघाती अरु कोही नभएको आरोप लगाए ।
एमसीसी आईपीएसकै एउटा अंग भएको उल्लेख गर्दै नेता विश्वकर्माले विश्वको अन्तरविरोधमा, अमेरिकाले आफूलाई शक्तिमा राख्न यो योजना अघि सारेको दाबी गरे । पूर्व माओवादी नेता तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई अर्को दलाल भएको उनले आरोप लगाए ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी) ले यसअघि फागुन १६ गते नेपाल बन्दको आह्वान गरेका थिए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया