सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उदघाटन खेलमा मनाङ र दिल्ली भिड्दै

धनगढी । धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ ।आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटासहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिए ।
हमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् ।
प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशी भएको प्रतियोगिता भएको दावी गरेको छ ।









एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया