एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो ।
खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए ।
दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७ औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।
पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए ।
त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।यस जितपछि थोमस टचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ ।
आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा १-१० ले पराजित भएपछि चेल्सी इङ्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो ।
क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले लिल र लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।
त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।
साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३-१ ले हरायो ।














अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया