बुधबार, पुष १६, २०८२

गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ फागुन १९ गते ९:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ।
मन्त्रालयले एक सूचना जारी गरी गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो । मन्त्रालयले
इजाजत नलिई सञ्चालन भइरहेका टेष्ट ट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन र अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले निवेदनसहित जानकारी गराउन निर्देशन दिएको छ ।

तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया