६८ जना प्रहरी कर्मचारीलाई ट्राफिक तालिम प्रदान
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूहअन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नु पर्नेमा जोड दिँदै आफ्नो आचरण र व्यवहारमा समेत सुधार गरी जनमुखी सेवा प्रदान गर्न प्रशिक्षार्थीलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २५ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी जम्मा ६८ जना प्रशिक्षार्थीले तालिम हासिल गरेको जानकारी दिएका थिए ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया