तीन घण्टा त्रिभुवन विमानस्थलको सबै उडान रद्द
मेरोन्यूज
२०७८ फागुन २० गते ९:१५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै प्रकारको उडान तीन घण्टाका लागि बन्द हुने भएको छ । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने भएसँगै सबै उडान रद्द हुने भएको हो ।
विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गर्दै यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुने जनाएको छ । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजलाई आकाशमा होल्ड गरिएको थियो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । यस्तो उडानबाट रेडियो उपकरण तथा धावन मार्गमा जडित उपकरणको परीक्षण हुने छ ।
सम्बन्धित

















सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
डोल्पामा नेकपाका बुढा विजयी
रास्वपाका १०० उम्मेदवार विजयी, २५मा अग्रता
मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
प्रतिक्रिया