युनिभर्सिटी क्यानडा वेष्ट नायग्राको पाट्नर्स समिट

काठमाडौं । ग्लोबल युनिभर्सिटी सर्भिसेज क्यानडा अन्तरगतका युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा पाट्नर्स समिट २०२२ सम्पन्न गरेको छ ।
युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोका बारेमा पोष्ट प्यान्डामीक सिच्वेसन र परिवर्तित नियम, कोर्स, फिइस्ट्क्चर, स्कलरसिप लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले पाटनर्स समिट आयोजना गरिएको युनिभर्सिटी क्यानडा वेष्टका बिजिनेस डेभलपमेन्ट मेनेजर नेत्र कोइरालाले जानकारी दिए ।
युनिभर्सिटी क्यानडा वेष्टका एशोसिएट डाइरेक्टर साउथ एसिया दिपेश सिङ्लाले आफूलाई लामो समयदेखि प्रबद्र्धन गर्दै आएका सबै टिमलाई धन्यवाद दिए ।
नायग्रा कलेज टोरन्टोमा संचालीत शैक्षिक कार्यक्रम, न्युनतम योग्यता र पाट्नरहरुलाई आवश्यक सूचनाका बारेमा जानकारी गराउँदै नायग्रा कलेज टोरन्टोका बिजिनेस डेभलपमेन्ट मेनेजर धिरज सिंङ र रिजनल डाइरेक्टर भाविका सोनीले आफ्नो– आफ्नो मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका उपाध्यक्ष निरज भूपेन्द्र सिटौला, एरी नेपालका अध्यक्ष तथा नेपाल ट्रेड कमिसन सर्भिस क्यानडाका ट्रेड एड्भाइजर द्व्यराज शर्मा सिवाकोटी, नायरका फाउन्डर चेयरम्यान नारायण बजाज, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका अन्तराष्ट्रिय बिभाग प्रमुख अमित खड्का लगायत अन्य शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया