आइतबार, चैत २९, २०८२

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

मेरोन्यूज २०७८ फागुन २१ गते ६:३४

काठमाडौँ । जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यस क्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । शल्त्सले त्यस क्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ ।

प्रवक्ताका अनुसार दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया