‘रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ’

काठमाडौँ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।
उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनको भनाई छ ।
यसैबीच, नेटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणमा जनाइएको छ । युक्रेनमाथि रुसी सेनाले हमला गर्दा पश्चिमा देश र नेटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।
युक्रेन हमलाको दशौं दिन रुसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण पूर्वाधार र विश्व विद्यालय ध्वस्त बनेका छन् ।
रुसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरुले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन्
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया