कोरोना संक्रमित एक सय भन्दा तल
मेरोन्यूज
२०७८ फागुन २१ गते १७:१३

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित हुने क्रम घट्दै जाँदा शनिवार थप ९१ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको अध्यावधिक विवरणमा कोरोना संक्रमणबाट मृत्यु सून्य रहेको छ ।
२४ घण्टाको अवधिमा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
हाल देशभर ६ हजार ९४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको जनाइएको छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया