शनिबार, चैत ७, २०८२

‘बी’ डिभिजन लिगः भगवति क्लवको दोस्रो जित

बाँसबारी र टुसाल तथा बीरगञ्ज र नयाँबस्तीको बराबरी

मेरोन्यूज २०७८ फागुन २१ गते २०:२१

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलको शनिवार भएको खेलमा श्री भगवति क्लवले जित निकाल्दा बाँसबारी युथ र टुसाल तथा बीरगञ्ज र नयाँबस्ती युथले बराबरी खेल्दै अंक बाँडेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पहिलो खेलमा सरस्वतीय युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी टुसाल युथ क्लबसँग बराबरीमा रोकिँदा शनिवार नै भएको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा लगातार दोस्रो जित निकालेको श्री भगवतीले ब्वाइज युनियनलाई २–१ गोल अन्तरले हराएको हो ।

बाँसबारी र टुसालबीचको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको सुनौला अवसरमा गोल गर्न चुकेका थिए । जुन नतिजाले दुबै टोली अंक बाँड्न बाध्य भए । यस बराबरीसँगै बाँसबारीले २ खेलमा १ अंक जोडेको छ । टुसालले पनि २ खेलमा १ अंक जोडेको छ । बाँसबारीले पहिलो खेलमा सरस्वतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

बी डिभिजन अन्र्तगत शनिबारै सम्पन्न दिनको पहिलो खेलमा ब्वाईज युनियनले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा श्री भगतीलाई २–१ को नतिजा सुम्पिन बाध्य भएको हो ।

खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ब्वाइज युनियनका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो ।

त्यसपछि प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा अमित लामाले गोल गर्दै अग्रता उल्टाउँदा नतिजा भगवतीको पोल्टामा प¥यो । पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।

जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइज युनियनले २ खेलमा ३ अंक जोडेको छ ।

यसअघि बीरगञ्ज युनाइटेडलाई हराउँदै ब्वाइज युनियनले लिगमा सुरुआत गरेको थियो ।

बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न बीरगञ्ज युनाइटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

२४ औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै विरगञ्जलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरी ल्याएपछि थप रोमाञ्चक बनेको खेलको ६४ औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा विरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरीसँगै विरगंजले २ खेलमा १ अंक जोडेको छ । नयाँबस्तीले २ खेलमा २ अंक जोडेको छ ।

लिगमा आइतबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाईज युनाईटेड र खुमलटार युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र सामाजिक युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसियनबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ ।

यस्तै, पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया