बुधबार, माघ ७, २०८२

काठमाडौं महानगरको अपिलः सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गर्नु

मेरोन्यूज २०७८ फागुन २१ गते २१:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए ।

उनले चुनावमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको दावी समेत गरे । महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाई थियो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रम अन्तरगत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया