रुसी सेनाले कब्जामा लिएको खेरसनका स्थानीयले भने : हाम्रो भूभाग छोड

काठमाडौँ । युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका बासिन्दाले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणविरुद्ध युक्रेनीले प्रदर्शन गरेका हुन् ।
खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरूले देश भक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झण्डा बोकेका उनीहरूले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।
‘यो सयौँको होइन्, हजारौँको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने, ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौँ, हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरूलाई यहाँ देख्न चाहन्नौँ भन्यौँ, हामी युक्रेनमै बस्न चाहन्छौँ, हामी युरोपमा बस्न चाहन्छौँ, रुसमा होइन ।’
प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताए ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया