रुसी सेनाले कब्जामा लिएको खेरसनका स्थानीयले भने : हाम्रो भूभाग छोड

काठमाडौँ । युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका बासिन्दाले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणविरुद्ध युक्रेनीले प्रदर्शन गरेका हुन् ।
खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरूले देश भक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झण्डा बोकेका उनीहरूले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।
‘यो सयौँको होइन्, हजारौँको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने, ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौँ, हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरूलाई यहाँ देख्न चाहन्नौँ भन्यौँ, हामी युक्रेनमै बस्न चाहन्छौँ, हामी युरोपमा बस्न चाहन्छौँ, रुसमा होइन ।’
प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताए ।
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया