माअोवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।
बैठकको तयारी नपुगेको भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको हो । सुरुमा आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेको लागि बोलाइएको थियो । बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको एक नेताले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । यस क्रममा अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन पार्टीले गरेको सहयोगबारे श्रेष्ठले आलोचना गरेका थिए ।
आजको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल हुने कार्य सूची रहेको थियो । जसमा केन्द्रीय कमिटी, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन हुने कार्यक्रम रहेको थियो ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया