पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।
यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । तर फागुन १५ मा मात्र शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मा अर्को जाहेरी परेको हो । शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ।
गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ।
गायिकाले करिब ३ महिनायता गीत संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ।
यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक(पटक बलात्कारको प्रयास गरेको उल्लेख छ













आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया