नेपाल बार निर्वाचन : आज उम्मेद्वार मनोनयन दर्ता, शुल्क कति ?

नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्य तालिका रहेको छ । चैत १९ मा हुने निर्वाचनमा आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेद्वार मनोनयनको कार्य तालिका रहेको छ ।
उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबी विरोध भोलि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली फागुन २५ गते प्रकाशन गर्ने बारले जनाएको छ । निर्वाचनका लागि देशभर ३५ मतदान केन्द्र तोकिएको छ ।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटको पदाधिकारी हुने व्यवस्था रहेको छ । चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
बारको अध्यक्षमा उम्मेद्वारी दिन ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसैगरी, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि ३५ हजार र सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।
















संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया