नेपाल बार निर्वाचन : आज उम्मेद्वार मनोनयन दर्ता, शुल्क कति ?

नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्य तालिका रहेको छ । चैत १९ मा हुने निर्वाचनमा आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेद्वार मनोनयनको कार्य तालिका रहेको छ ।
उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबी विरोध भोलि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली फागुन २५ गते प्रकाशन गर्ने बारले जनाएको छ । निर्वाचनका लागि देशभर ३५ मतदान केन्द्र तोकिएको छ ।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटको पदाधिकारी हुने व्यवस्था रहेको छ । चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
बारको अध्यक्षमा उम्मेद्वारी दिन ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसैगरी, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि ३५ हजार र सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया