आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा थप २ वटा सेवा शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुई वटा सेवा आरम्भ गरेकोछ ।
कम्पनीले सोमवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी दुई वटा सेवा आरम्भ भएको घोषणा गरेको हो ।
कार्यक्रममा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल, कम्पनीका अध्यक्ष, संचालक समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कम्पनीले आईजीआई हेल्थपल्स बीमालेख र आईजीआई इजी क्यासलेस सेवा सुरु गरेको जनाएको छ ।
आइजीआई हेल्थ प्लस बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।
इजी क्यासलेस सेवा भने काठमाडौं उपत्यकामा मात्रै लागू गरिएको छ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमासहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

















आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया