साउदीमा कोभिड सम्बन्धि मापदण्ड खुकुलो, पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । साउदी अरेबिया सरकारले कोभिड १९ सम्बन्धि नियम तथा मापदण्ड खुकुलो बनाएको छ ।
साउदी सरकारले मार्च ५ देखि कोभिड १९ सम्बन्धि मापदण्ड खुुकुलो पार्ने निर्णय गरेको साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
रियाद स्थित नेपाली दूतावासले सोमवार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । साउदी प्रवेश गर्दा अनिवार्य गरिएको पीसीआर रिपोर्टको नियम पनि हटाइएको छ । साउदी प्रवेश गर्ने कसैले पनि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाइएको छ ।
भिजिट भिसामा साउदी जानेले कोरोना संक्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य बीमा गरेको हुनुपर्ने दूतावासले जनाएको छ ।
सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा, एक अर्कालाई भेट्दा वा सेवा लिनका लागि लाइनमा बस्न समेत भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड हटाइएको छ ।
खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु नपर्ने तर अस्पताल सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर, सपिङमल, जिमखानाजस्ता ठाउँमा जाँदा भने अनिवार्य फेस मास्क लगाउनुपर्ने जनाइएको छ ।










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया