तेह्रथुममा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ
मेरोन्यूज
२०७८ फागुन २४ गते ९:४२

काठमाडौँ । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका १ केउरेनी डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् ।
म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ ।
उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया