आइतबार, माघ ४, २०८२

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला

मेरोन्यूज २०७८ फागुन २४ गते ११:३४

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ३५–४० वर्षकी जेनिसा नगरकोटीको लास परालले छोपेको अवस्थामा फेला परेको हो । जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको थियो ।

मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया