बिहीबार, माघ ८, २०८२

बार एशोशिएसन निर्वाचनः उम्मेदवारको दोस्रो नामावली प्रकाशन (सूचीसहित)

मेरोन्यूज २०७८ फागुन २४ गते १७:५६

काठमाडौं । नेपाल बार एशोसिएसनको आगामी चैत १९ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारको दोस्रो नामावली प्रकाशित भएको छ । बारको नयाँ नेतृत्वका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष, महिलासहित ८ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष तथा ६ खुलासहित १४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।

एक जना अध्यक्ष पदमा उद्धवचन्द घिमिरे, उत्तमबहादुर क्षेत्री, अनिता जधारी, कमल प्रसाद मलेगो, विष्णुमणि अधिकारी, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ र गोपाल कृष्ण घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेशगत उपाध्यक्षमा बाग्मतीमा ४ जना तथा लुम्बिनीमा ३ जनाको उम्मेदवारी परेको छ भने अन्य प्रदेशबाट दुई दुई जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, एक महिना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी एक महासचिवका लागि पनि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एक कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारको दोस्रो सूची

प्रतिक्रिया