नवलपरासीका पत्रकारका नेता कांग्रेस सचिव निर्वाचित
मेरोन्यूज
२०७८ फागुन २४ गते १९:५४

नवलपुर । नवलपरासीका पत्रकारका नेता होमराज रानाभाट नेपाली कांग्रेस नवलपुर सचिवमा निर्वाचित भएका छन् ।
सोमबार साँझ सम्पन्न अधिवेशनमा पत्रकार रानाभाटले सबैभन्दा बढी मत ल्याएर कांग्रेस सचिवमा विजयी भएका हुन् । १८ सय १८ मत खसेकोमा उनले ११ सय ४१ मत ल्याए ।
तीन दशकदेखि पत्रकारिता गर्दै आएका रानाभाट नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वअध्यक्ष समेत हुन् ।
कांग्रेसको नवलपुर अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनाव लडेका थिए ।
जिल्ला सभापतिमा भने पौडेलनिकट महेन्द्रध्वज जीसी सर्वसम्मत निर्वाचित भएका थिए ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया