‘बी’ डिभिजन लिगः झम्सिखेलको जित, सरस्वती र टुसाल तथा भगवती र नयाँबस्ती बराबरी

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो खेलमा झम्सीखेल ब्वाइज युनियलाई ३–१ गोल अन्तरले हराउँदै जारी लिगमा पहिलो जित हासिल गरेका हो ।
प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । आठौं मिनेटमा कप्तान दिपेश श्रेष्ठले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा दबाब दिएर खेलेको सरस्वतीले दोस्रो हाफमा दुई गोल खाँदा एक गोल गर्न सफल भएको थियो ।
दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको टुसालले ६०औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्किने संकेत दिएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका टुसालका धिरेन्द्रबहादुर शाहले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको अर्को मिनेटमा तालमेल अभाव भएको मौकालाई सदुपयोग गर्दै सरस्वतीले पुन अग्रता लिन सफल भयो ।
बिक्रम बिसुङ्खेले गोल गर्दै खेल २–१ को अवस्थामा पु¥याए । त्यसपछि झन रोमाञ्चक बनेको खेलको ७७औं टुसालका धिरेन्द्रले नै गोल गर्दै पुन टोलीलाई बराबरी अवस्थामा ल्याए । बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र अंक बाँडे । बराबरीसँगै सरस्वतीले तीन खेलबाट ५ अंक जोडेको छ भने तीन खेल मध्ये दुई खेलमा बराबरी खेलेको टुसालको २ अंक भएको छ ।
सहिद स्मारक बी डिभिजन फुटबल अन्तर्गत मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा ब्वाइज युनियनलाई ३–१ गोल पराजित गर्दा झम्सीखेलले पहिलो हाफ २–० को अग्रतालाई कायम राख्दै दोस्रो हाफमा पनि दबाब दिएको थियो ।
दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाए पनि स्पष्ट तीन अंक जोड्न सफल भएको थियो । खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए ।
खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता ३–० को बनाएपछि केही रक्षात्मक देखिएको झम्सीखेलविरुद्ध ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल गर्दै अन्तर घटाएका थिए ।
अग्रता छोट्उँदै खेलमा फर्किने संकेत दिए पनि बाँकी समयमा थप गोल हुन सकेन र झम्सिखेल ३–१ ले विजयी भयो । जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ भने ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।
लिग अन्तर्गत दिनको तेस्रो खेलमा आमने सामने भएका श्री भगवती क्लब र नयाँबस्ती युथ क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । १४औं मिनेटमा रमेश तामाङको फ्रिकिकबाट लिएको अग्रता नयाँ बस्तीले कायम राख्न नसक्दा अंक बाँडेको हो ।
५०औं मिनेटमा रमेब उरावले फ्रिकिकबाट रिबान्ड भएको बललाई जाली चुमाउँदै खेल बराबरीमा ल्याएका थिए । यससँगै श्री भगवतीले तीन खेलबाट ७ अंक जोडेको छ । यस्तै नयाँबस्तीले तीन खेलबाट समान ३ अंक नै भएको छ ।
लिगमा बुधबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल बाँसबारीले खुमलटार युथ क्लबको सामना गर्दा दोस्रो खेल बीरगञ्ज युनाईटेड र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै तेस्रो खेल चर्च ब्वाईज युनाई र मध्यपुर युथ एसोसियनबीच हुनेछ ।
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया