बिहेअघि नै बुबा बनेका यी पाँच क्रिकेटर, हार्दिक पाण्ड्यादेखि क्रिस गेलसम्म

काठमाडौं । क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्।
आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।
हार्दिक पाण्ड्या
हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए। ३० जुलाई २०२० मा पाण्ड्याले उनकी प्रेमिका नताशा गर्भवती रहेको खुलाशा गरेका थिए।पाण्ड्याले आफ्नो बच्चाको नाम अगस्त्य राखेका छन्।
जो रुट
यो सूचीमा इंग्ल्याण्डका कप्तान जो रुट पनि परेका छन्। रुट विवाह नगरी बुबा बनेका थिए। रुटले आफ्नी प्रेमिका क्यारी कोर्टेललाई २०१४ देखि प्रेम गरिरहेका थिए। यी दुईले मार्च २०१६ मा इन्गेजमेन्ट गरेका थिए। टी–२० विश्वकपअघि रुट विवाह नगरी बुबा बनेका थिए। रुटका छोरा अल्फ्रेडको जन्म ७ जनवरी २०१७ मा भएको थियो। यसपछि यो जोडीले विवाह गरेका थिए।
डेभिड वार्नर
अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर बिहे नगरी बुबा बनेका थिए। सन् २०१४ मा वार्नरकी प्रेमिका क्यान्डिसले पहिलो छोरीलाई जन्म दिइन्। सन् २०१५ मा वार्नरले क्यान्डिससँग विवाह गरेका थिए। वार्नरका तीन छोरी आइभी, इन्डी र इस्ला छन्।
भिभियन रिचर्ड्स
सन् १९८० मा भारत आएका रिचर्ड्सले भारतकी चर्चित अभिनेत्री नीना गुप्तालाई भेटेका थिए। दुबैको अफेयर लामो समयसम्म चल्यो। सन् १९८९ मा नीनाले छोरीलाई जन्म दिइन्, जसको नाम मसाबा हो। त्यसपछि रिचर्ड्सले मेरीसँग विवाह गरेका थिए र उनका दुई सन्तान छन्।
क्रिस गेल
यो सूचीमा विश्वका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि परेका छन्। गेल विवाहअघि नै पिता बनेका थिए। २०१७ मा जब आईपीएल चलिरहेको थियो। उनकी प्रेमिका नताशा ब्यारिजले छोरीलाई जन्म दिइन्। यद्यपि गेल अरू पनि धेरै विवादमा मुछिएका छन्।एजेन्सीको सहयोगमा
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया