लोकसेवा आयोगले माग्यो ३१७ जना खरिदार, कुन कार्यालयमा कति ?(सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले खरिदार तहमा विज्ञापन खुलाएको छ । आयोगका काठमाडौं, हेटौडा, जलेश्वर, धनकुटा, सुर्खेत, दिपायल, दाङ लगायतका कार्यालयबाट विज्ञापन खोलेको हो ।
आन्तरिक प्रतिष्प्रर्धा,खुला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेगरी विभिन्न पदका लागि ३ सय १७ जना माग गर्दै विज्ञापन खुलाएको हो ।
लोकसेवा आयोग धनकुटा कार्यालयबाट ६ जना, इलाम कार्यालयबाट १७ जना, लोकसेवा आयोग खोटाङ कार्यालयबाट २९ जना माग गरिएको विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन अनुसार लोकसेवा आयोग जलेश्वर कार्यालयले २३ जना माग गरेको छ भने लोकसेवा आयोग हेटौंडाले २४ जना माग गरेको छ । लोकसेवा आयोग काठमाडौं कार्यालयले ३० जनाका लागि विज्ञापन खुलाएको छ ।
लोकसेवा आयोग पोखरा कार्यालयले ४१ जना, बाग्लुङ कार्यालयले १४ जना, बुटवल कार्यालयले २६ जना, दाङ कार्यालयले ३२ जना माग गरेको छ भने सुर्खेत कार्यालयले २५,जुम्लाबाट २३ जना माग गरिँदा दिपायल कार्यालयले १० जना माग गरेको छ । महेन्द्र नगर कार्यालयले २७ जना माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी चैत्र १५ सम्म साधरण दस्तुर र आगामी चैत्र २२ भित्रमा दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ ।









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
प्रतिक्रिया