रूस-युक्रेन युद्ध प्रभाव
रूसमाथिको प्रतिबन्धले विश्वमै इन्धन अभाव हुने
दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात राेकिने

काठमाडौं । अमेरिका र बेलायतले रुसबाट इन्धन आपूर्ति रोक्ने निर्णय गरेको छ । अमेरिका, बेलायत लगायतका देशले रुसमाथि प्रतिबन्ध लगाउने रणनीति बनाएसँगै विश्वब्यापी रुपमै तेल अभाव हुने देखिएको छ ।
अमेरिका लगायतका शक्ति राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहँदा पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) ले विश्वब्यापी रुपमा तेल अभाव हुने चेतावनी दिएको हो ।
रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले चेतावनी दिए ।
पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्ने उनको भनाइ छ ।
उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा बोल्दै यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता भएको उल्लेख गरे ।
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत तेल निर्यात गर्न असम्भव रहेको उल्लेख गरे ।
यी प्रतिबन्धलाई उनले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भनेका छन् ।
अहिलेसम्म तेलको अभाव नदेखिएको तर रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहने उनको भनाइ छ ।
तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि ऊर्जालाई राजनीतिकरण गर्न नसकिने बारकिन्डोले उल्लेख गरे ।
संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अप्रत्याशित रुपले बढ्ने देखिएको छ ।
ब्लूमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा यूक्रेन–रूस युद्ध सुरू भएपछि तेलको मूल्य ३० प्रतिशत भन्दा बढी बढेको छ ।

















कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया