इसेवा वालेटबाट बिना शुल्क रेमिट्यान्स पठाउने सुविधा

काठमाडौं । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट बिना शुल्क नेपालभर रेमिट्यान्स पठाउन मिल्ने भएको छ । इसेवाले सून्य शुल्कमा आन्तरिक रेमिट्यान्स पठाउने सुविधा प्रदान गरेको हो ।
मार्च १ बाट सुरु भएको यो सेवा मे ३१ सम्म ३ महिना मात्रै लागू हुने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरका भुक्तानी केन्द्र तथा इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउने छन् ।
हालसालै नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजारसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरेकाले सून्य शुल्कमा रेमिट्यान्स सेवा दिइएको जनाइएको छ ।
३ महिनाको ओ अवधिमा ईसेवाले हरेक महिना १ जना विजेतालाई एउटा रेड्मी ९ स्मार्ट फोन दिने योजनासमेत ल्याएको छ ।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने सुविधा छ ।

















आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया