मंगलबार, पुष १५, २०८२

इसेवा वालेटबाट बिना शुल्क रेमिट्यान्स पठाउने सुविधा

मेरोन्यूज २०७८ फागुन २५ गते १७:१३

काठमाडौं । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट बिना शुल्क नेपालभर रेमिट्यान्स पठाउन मिल्ने भएको छ । इसेवाले सून्य शुल्कमा आन्तरिक रेमिट्यान्स पठाउने सुविधा प्रदान गरेको हो ।

मार्च १ बाट सुरु भएको यो सेवा मे ३१ सम्म ३ महिना मात्रै लागू हुने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरका भुक्तानी केन्द्र तथा इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउने छन् ।

हालसालै नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजारसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरेकाले सून्य शुल्कमा रेमिट्यान्स सेवा दिइएको जनाइएको छ ।

३ महिनाको ओ अवधिमा ईसेवाले हरेक महिना १ जना विजेतालाई एउटा रेड्मी ९ स्मार्ट फोन दिने योजनासमेत ल्याएको छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने सुविधा छ ।

प्रतिक्रिया