बाँकेको गाभर भ्यालीमा जीन बैंक स्थापना

बाँके । बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंक स्थापना गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जीन बैंकको स्थापना गरिएको हो । गाभर भ्यालीमा जिन बैंक स्थापना गर्नुअघि सोही ठाउमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले सामुदायिक जीन बैंकको उद्घाटन गरेका हुन् ।
जीन बैंकले कृषि आनुबांशिकका घाँस, बाली, पशुपंक्षी, जलिय, सुक्ष्म जिवाणु र किरा गरेर ६ वटा क्षेत्रलाई समेट्छ ।
सामुदायिक जीन बैंक स्थापनापछि राम्रो नेटवर्क बनेको वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर जोशीले बताए ।
स्वदेशी उत्पादनको बजारीकरण गरिनु पर्ने र विदेशी वस्तुको आयातमा न्युनीकरण गरिनु पर्नेमा उनले जोड दिए ।
लोप हुँदै गएका मौलिक चिजवस्तु, वन्यजन्तु, वनस्पति जोगाउनु एकदमै अपरिहार्य भएको रैथाने एग्रि प्रोडक्ट प्रालीका अध्यक्ष तिलक ढकालले बताए ।
संरक्षणविद् ढकालले भने ‘पर्यटन फस्टाउन सके मात्र जनताको आर्थिक स्तरोन्नति गर्न सकिन्छ ।’ आर्थिक अवस्था कमजोर भएमा मानिसको जीवनस्तर नसुध्रिने र वातावरणको संरक्षण गर्न कठिनाई नहुनेमा उनले जोड दिए ।
यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरीले नेपालमै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन हुनु आफैमा सुखद विषय रहेको बताए । नेपालका बिभिन्न ग्रामिण क्षेत्रमा जीन बैंक सुरु गर्ने चौधरीले बताए ।
यस्तै, अध्यक्ष पुर्मल बस्नेतले जीन बैंकले रैथाने प्रजातीका किट् मात्र नभएर अन्य जीव जन्तु, वनस्पति संरक्षण गर्ने र उनीहरु सहज रुपमा बाँच्न वातावरण सिर्जना गर्ने बताए ।
अरु होमस्टे, गाउ, कार्यालय र समुमदायमा पनि जीन बैंक स्थापना गर्न लागि पर्ने उनले बताए ।
उद्घाटन समारोहमा सामुदायिक जीन बैंक संरक्षण सञ्जालले सरकार र सरोकारवालाको ध्यानाकषर्णका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

















काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
प्रतिक्रिया