श्रीलंका पुलिसविरुद्ध नेपालको आक्रमक ब्याटिङ, तीन खेलाडीको अर्धसतक

काठमाडौं । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार तेस्रो खेलमा अहिले श्रीलंका पुलिसको सामना गरिरहेको छ । अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै ब्याटिङमा आएको नेपालले आक्रमक सुरुवात गरेको छ । जहाँ नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरिसकेका छन् ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल हालसम्म अर्धसतक पूरा गरेका छन् । जारी खेलमा नेपालले ३७ ओभर जारी रहँदा ६ विकेट गुमाएर २२३ रन जोडेको छ ।
कुशलले ५७ रन बनाउँदा आसिफले ५२ रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ६९ रन बनाएर खेलिरहेका छन् ।
अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया