संखुवासभा दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
मृत्यु हुनेमा मादी नगरपालिका ५ की ३० वर्षकी युका पोखरेल रहेकी छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि घटना स्थलमा १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका ६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका ५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल रहेका थिए ।
यस्तै, मादी नगरपालिका ४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ रहेका छन् ।
दुर्घटनामा घाइते मादी नगरपालिका ५ बस्ने ३० वर्षीय सुवास गोले, मादी ६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।
आज बिहान मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकदेखि तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।














Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
President, Vice President’s messages on Ram Navami festival
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया