शुक्रबार, चैत २७, २०८२

नेपाल आउने व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाउनु पर्ने

मेरोन्यूज २०७८ फागुन २६ गते १८:४६

काठमाडौँ । सरकारले हवाई तथा स्थल मार्गमार्फत नेपाल प्रवेश गरेका नागरिकले कोरोना भाइरस (कोभिड–१९) रोकथाममा ध्यान दिन आग्रह गरेको छ । सरकारले नेपाल प्रवेश गर्ने नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएको वा ७२ घण्टाअगाडिको पिसिआर रिर्पोट देखाउनु पर्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

‘हवाई मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नु पर्ने छ, त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घण्टाभित्रको कोभिङ १९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण पत्र पेस गर्नु पर्ने छ,’ अध्यागमन विभागका निर्देशक मुकेश कुमार केशरीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

यस्तै, नेपालबाट जाने यात्रुले पेश गर्नु पर्ने स्वास्थ्यसम्बन्धी कागजात गन्तव्य मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार हुने गरी लिएर जानसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया