घाँटी रेटेर महिलाको हत्या गर्न आरोपी पक्राउ
भक्तपुर । घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लास फेला परेको थियो ।
सोही घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका २ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० थलाछे बस्ने ४४ वर्षीय रमेश भनिने कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ४ चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका ८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार निज मृतक महिला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ नवलडाँडा स्थायी वतन भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटी रहेको खुलेको जनाए । यसअघि महिलाको पहिचान हुन सकेको थिएन ।
उक्त घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए । भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया