मंगलबार, पुष १५, २०८२

बिजबजारको एप गुगल प्ले स्टोरमा

मेरोन्यूज २०७८ फागुन २७ गते १०:५३

काठमाडौँ । साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।

अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै अनुभव प्राप्त गर्ने छन् ।

अनलाइन सपिङ्ग एप प्रयोगकर्ताका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राही मैत्री बनाउँदै समयसापेक्ष थप विशेषतासहित सेवाग्राही समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर बिजबजार अनलाइन सपिङ्ग एप डाउनलोड गर्न सक्ने छन् । आइओएस प्रयोगकर्ताका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

प्रतिक्रिया