वृद्धि हुँदै नगदरहित कारोबार

इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ ।
नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म रु छ अर्ब ८९ करोड २० लाख बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी रु छ अर्ब ५२ करोड ५० लाख बराबर थियो । त्यस्तै भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म रु दुई खर्ब ३६ अर्ब ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने रु दुई खर्ब ४७ अर्ब ४७ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।
यसैगरी वालेटमार्फत गत पुस मसान्तसम्म रु १६ अर्ब २७ करोड ६० लाख बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने रु १४ अर्ब ५३ करोड ४० लाख बराबरको भुक्तानी भएको छ । विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशिल छन् । नेपाल राष्ट्र बैंकले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ । विद्युतीय भुक्तानीका लागि आरजीटीएस, आएपीएस, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र पीओएसलगायतका सुविधा उपलब्ध छन् ।
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया