सरकार बनाउन लगाएको टेको कमजोर परेछ : अध्यक्ष ओली
मेरोन्यूज
२०७८ फागुन २८ गते ११:४६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावदेखि सरकारमा रहेका दलहरू डराएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उनले चुनावदेखि अरू दलहरू डराएर जनतामा जान नचाहेको बताए ।
यस क्रममा अध्यक्ष ओलीले आफ्नो सरकार हट्नुमा नेकपा माओवादी केन्द्र जस्तो कमजोर टेको हुनु प्रमुख कारण भएको बताए । उनले भने, ‘सरकार बनाउन हाम्रो टेकोले नपुगेर अर्को टेको पनि लगाएको हो, के गर्नु त्यो पनि कमजोर परेछ ।’
यस्तै, उनले कर्मचारी संगठनलाई सम्बोधन गर्दै निजामती कर्मचारीले सरकारको काम गर्नु पर्ने बताए । उनले कर्मचारीले निस्वार्थ भएर सरकारको काम गरे पुग्ने बताए ।
‘केजरीवालले पञ्जावमा उधुम गरिदिने नि, त्यो त राष्ट्रिय पार्टी हैन, नेपालमा एमाले ठूलो पार्टी हो,’ अध्यक्ष ओलीले भने, ‘नेपालमा एमाले भेल हो, आए कि बग्छ ।’
सम्बन्धित
















सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया