प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित
मेरोन्यूज
२०७८ फागुन २९ गते ७:५८

काठमाडौँ । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट उनको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।
बस्नेत सात वर्षअघि भएको महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन् ।
यस्तै, महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।
सम्बन्धित















वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात
Balendra Shah appointed as Prime Minister
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया