सप्तरीमा आगोलागीबाट १३ घर जलेर नष्ट
मेरोन्यूज
२०७८ फागुन २९ गते ८:५०
काठमाडौँ । सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका ४ टेंगरीमा शनिबार राति आगलागी भएको हो ।
स्थानीय डम्बर यादवको घरअगाडि राखेको रुखको पातबाट सल्किएको आगो बस्तीमा पसेको हो । सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादवसहित १३ जनाको घर जलेका छन् ।
आगलागीले ९ वटा बाख्रा मरेको छ । आगलागीबाट झण्डै २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो बिहान ५ बजेतिर नियन्त्रणमा आएको थियो ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया