उद्यमशीलता विकास गर्न परम्परागत ऐन परिमार्जन अपरिहार्य छ : उपाध्यक्ष ढकाल

रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा सम्भावनाको खोजी गर्दै स्थानीय स्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै उनले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे ।
रोल्पा उद्योग वाणिज्य संघको १८ औँ वार्षिक साधारणसभा तथा नयाँ कार्य समितिको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, ‘ निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।’
उनले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए । उनले रोल्पाका व्यवसायीले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाए ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए ।
ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्य समितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए ।

















प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया