सोमबार, पुष १४, २०८२

उद्यमशीलता विकास गर्न परम्परागत ऐन परिमार्जन अपरिहार्य छ : उपाध्यक्ष ढकाल

मेरोन्यूज २०७८ फागुन २९ गते ११:३२

रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा सम्भावनाको खोजी गर्दै स्थानीय स्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै उनले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे ।

रोल्पा उद्योग वाणिज्य संघको १८ औँ वार्षिक साधारणसभा तथा नयाँ कार्य समितिको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, ‘ निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।’

उनले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए । उनले रोल्पाका व्यवसायीले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाए ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए ।

ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्य समितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए ।

प्रतिक्रिया