जसपाको केन्द्रीय समिति बैठक सुरु
मेरोन्यूज
२०७८ फागुन २९ गते १२:०३

काठमाडौं,
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए ।
सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।
बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ ।
शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया