अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं,
अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ ।
धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे ।
अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो ।
धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ ।
यसअघि कम्पनीले गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया