पञ्जाबको चुनावमा ठूला दल पत्तासाफ, पूर्व मुख्यमन्त्रीदेखि मन्त्रीहरूले गुमाए जमानत

काठमाडौँ । भारतको पञ्जाब राज्यमा हालै सम्पन्न विधानसभा चुनावमा आम आदमी पार्टी (आप)ले अन्य शक्तिशाली तथा ठूला पार्टीहरूलाई पत्तासाफ गरको छ । उक्त राज्यमा एक पूर्व मुख्यमन्त्रीसमेत पाँच पूर्व मन्त्री, ५४ भारतीय जनता पार्टी (भाजपा), ३० कांग्रेस र २७ शिरोमणि दलका उम्मेदवारले जमानतसमेत गुमाएका छन् । जसमा एक केन्द्रीय मन्त्रीसमेत रहेका छन् ।
यसका साथै बसपाका १३, शिरोमणि अकाली दल (एस)का १४ उम्मेदवारले जमानत गुमाएका छन् । चुनावमा पूर्व मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले आफ्नो जमानत गुमाएका छन् । उनको पार्टी २८ सिटमा मात्रै चुनावमा सहभागी भएको थियो ।
भारतको विधानसभामा कूल मतको १६.७ प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको धरौटी जफत हुन्छ भनी व्याख्या गरिएको छ । विधानसभा चुनावमा सामान्य श्रेणीका उम्मेदवारका लागि १० हजार भारु र अनुसूचित जाति तथा जनजातिका उम्मेदवारका लागि पाँच हजार भारू जमानत राख्नु पर्ने व्यवस्था रहेको छ ।
जमानत जफत हुनेहरूमा सिंहसहित कांग्रेसका पूर्व मुख्यमन्त्री राजिन्दर कौर भट्टल (लाहरा), कृषि मन्त्री रणदीप सिंह नाभा (अमलोह), उद्योग मन्त्री गुरकीरत सिंह कोटली (खन्ना) र वनमन्त्री साधु सिंह धर्मसोत (नाभा) जस्ता प्रमुख र प्रतिष्ठित नेताहरू रहेका छन्।
कूल ११७ विधानसभा सिटमा भएको चुनावमा ९२ सिट आम आदमी पार्टी एक्लैले ल्याउँदै सबैभन्दा ठूलो दल बनेको छ । यस्तै कांग्रेसले १८ सिटमा जित हात पार्दै दोस्रो भएको छ ।
अकाली दलले ३ सिटमा जित हात पार्दा भाजपाले २ सिटमा मात्रै जित हात पारेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया