धनगढी उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार बलियो, अरु नेता कस्ता ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुने मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ ।
‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ जस्ता सवालमा चर्चा परिचर्चा छ । त्यसमाथि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीलाई अझ विषेश रुपमा हेरिन थालिएको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आम रुपमा देखिन्छ ।
स्थानीय चुनावका लागि धनगढीमा दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खास गरी प्रमख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।
धनगढी उपमहानगरको मेयरका लागि उद्योगी, व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र रूपमा मेयर पदमा पराजित भएका हमालले यसपटक पुनः उम्मेदवारी घोषणा गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिन उनले विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक पदबाट राजीनामासमेत दिएका छन् । अहिल्लो निर्वाचनमा हमाल नृपबहादुर वडसँग दुई हजार ७०० मत अन्तरले पराजित भएका थिए ।
धनगढी उपमहानगरको मेयरमा कुनै पनि राजनीतिक दलले हालसम्म उम्मेदवारको टिकट वितरण गरिसकेका छैनन् । तर, सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । हालसम्म प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यस्तो छ ।
नेकपा एमाले
नेकपा एमालेबाट कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित भएका थिए । सो निर्वाचनमा जोशी करिब नौ हजार मत ल्याउँदै चौथो स्थानमा खुम्चिएका थिए ।
मेयरमा पराजित जोशीलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । उनै जोशी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्ने दौडधुप गरिरहेका एमाले निकट नेता बताउँछन् ।
एमालेबाट मेयरका अर्का सम्भावित उम्मेदवार रण्बहादुर चन्द लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि हालसम्म आम निर्वाचनमा उनले चुनाव लडेका छैनन् । एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गरिसकेका चन्दले राम्रो पकड बनाएका छन् ।
खास गरी उनलाई इमान्दार राजनीति कर्मीका रूपमा सबैले चिन्ने गरेका छन् । उनै चन्द यसपटक भने धनगढीको मेयरका लागि टिकट पाउन दौडधुप गरिरहेका छन् । पार्टीमा लामो समय सम्म योगदान दिए पनि कुनै अवसर नपाएका कारण यस पटक उनको सम्भावना बलियो देखिन्छ ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसबाट मेयर पदका लागि वर्तमान मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको चर्चा हुन थालेको छ ।
२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७०० मतले पराजित गर्दै वड मेयरमा विजयी भएका थिए ।
उनले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै घोषणासमेत गर्न थालेका छन् । आफूले नगरको विकासका लागि स्पष्ट खाका बनाएको र सोअनुसार काम गरेर देखाउन पुनः मेयरमा उम्मेदवार हुन पाउने पर्ने उनको जिकिर छ ।
यसैगरी धनगढी उपमहानगरकी उपमेयर सुशीला मिश्र भट्टको नाम पनि यस पटक मेयरको उम्मेदवारका रुपमा चर्चामा आएको छ । अर्को चुनावमा उपमेयर पदमै नदोहोरिने घोषणा गरिसकेकी उमपेयर भट्टले मेयरको टिकका लागि पार्टीमा लविङ सुरु गरेको बताइन्छ ।
नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षकका रुपमा समेत काम गरिसकेकी भट्टको केन्द्रमा राम्रो पहुँच भएका कारण उनले टिकट पाउन सक्ने आंकलनसमेत गरिन थालेको छ । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।
कांग्रेसका नेता तथा व्यवसायी कृष्णबहादुर महराको नाम पनि मेयरको उम्मेदवारका रूपमा आउन थालेको छ । २०७४ को निर्वाचनमा महरा मेयर पदका लागि निक्कै दाबेदार थिए । तर, अन्तिम समयमा उनको हातबाट टिकट खोसिएको थियो । जसकारण यस वर्ष उनले टिकट पाउन सक्ने आंकलन छ ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको आकांक्षीका रूपमा चर्चा हुन थालेको छ । तर, माओवादी केन्द्रले भने पार्टीको निर्णय नभएसम्म कसैलाई उम्मेदवारको दाबेदावर भन्न नमिल्ने जनाएको छ । ‘अरु पार्टी जस्तो दाबेदारका भरमा आम्रो पार्टीमा टिकट पाइँदैन, ’माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामीले भने, ‘पार्टीको निर्णयले नै आधिकारिक उम्मेदवार घोषणा गर्नेछ ।’
शान्ति अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेकी थिइन् । तर, उनी पराजित भएकी थिइन् । शिक्षा व्यवसायी अधिकारीलाई शिक्षित वर्गका रूपमा हेरिने गर्दछ । यसैगरी माओवादीबाटै मेयरपदका सम्भावित उम्मेदवार भन्दै चर्चामा आएका बलबहादुर ऐर धनगढी ३ का वडा अध्यक्ष हुन् । वडा अध्यक्ष हुनु अघि खासै चर्चामा नरहेका ऐरले अनपेक्षित रूपमा वडा अध्यक्ष पद जितेपछि उनी चर्चामा छन् । उनले विकासप्रेमी नेताको छवि बनाएका छन् ।
एकीकृत समाजवादी पार्टी
नेकपा एकीकृत समाजवादी पार्टीबाट सो पार्टीका धनगढी नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा आउन थालेको छ । लामो समय नेकपा एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिवसमेत भएका थिए ।
अहिले उनी नेकपा एसको नगर अध्यक्ष छन् । यसका अलावा सो पार्टीबाट नै मेयरमा चुनाव लड्ने भन्दै व्यवसायी राजेश भण्डारीको नाम समेत चर्चामा छ । तर, भण्डारी अहिलेसम्म नेकपा एसमा खुलेर लागेका छैनन् । उनी यसअघि नेकपा एमालेमा आवद्ध थिए ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया